अधिकार (हक) र जिम्मेवारी – एकै रथका दुई पांग्रा हुन्। कुनै पनि विवेकशील नागरिकले हरेक पल यी दुवैलाई साथ-साथै प्रयोग गरिरहन्छ। यी १२ मन्त्रहरु तपाईँ पनि प्रयोगमा ल्याउनुहोस्

१) मन लागेको बोल्न पाउनु मेरो हक हो। के बोल्ने, कुन बेला बोल्ने वा सुन्ने यो जान्नु मेरो जिम्मेवारी हो।
२) चिताएका सबै प्राप्त गर्न खोज्नु मेरो अधिकार हो भने प्राप्त गरेको कुरालाई संरक्षण गर्नु मेरो जिम्मेवारी हो।
३) एक्लो जीवन अाफु खुशी बाँच्न पाउनु मेरो हक हो भने समाजिक प्राणी पनि बन्नु मेरो जिम्मेवारी हो।
४) मन लाग्या गर्न पाउनु मेरो हक हो भने त्यसले ल्याउने परिणामको उत्तरदायित्व लिनु मेरो जिम्मेवारी हो।
५) मेहनतको फल लिन पाउनु मेरो हक हो भने लिएको फलको सदुपयोग गर्नु मेरो जिम्मेवारी हो।
६) जो कसैलाई पनि माया गर्न पाउनु मेरो हक हो भने अाफुलाई जोगाई राख्ने श्रोत (वातावरण, समाज, परिवार) लाई पनि माया गर्नु मेरो जिम्मेवारी हो।
७) जुन सुकै नेतृत्व चुन्नु मेरो हक हो भने सहि नेतृत्व चुन्नु वा माथी पुर्याउनु मेरो जिम्मेवारी हो।
८) अाफ्नो जीवनको सुरक्षा गर्न पाउनु मेरो हक हो भने अरुको जीवन रक्षा गर्नु मेरो जिम्मेवारी हो।
९) जस्तो पनि धर्म वा सिद्धान्तमा बाँच्न पाउनु मेरो अधिकार हो भने त्यसको प्रयोगले समाजलाई एकजुट बनाई राख्नु मेरो जिम्मेवारी हो।
१०) खुला मनले चयन गर्न पाउनु मेरो हक हो भने अरुको त्यही हकलाई अादर गर्नु पनि मेरो जिम्मेवारी हो।
११) जिन्दगीमा कसैको मतलबै नगर्नु मेरो अधिकार हो भने मर्नु अघि केहि ठोस् गरेरै जानु मेरो जिम्मेवारी हो।
१२) नागरिक हुन पाउनु मेरो हक हो भने विवेकशील नागरिक बन्नु मेरो जिम्मेवारी हो। अाफ्ना हरेक हकसँगै जिम्मेवारी गास्सिँएर अाएको हुन्छ।